Call: 02 8038 6364

पहिलो घर, ब्रान्ड न्यु किन्ने कि पुरानो?

Share

Last updated on Jun 01, 2020

पहिलो घर, ब्रान्ड न्यु किन्ने कि पुरानो?

सर्वप्रथम त घर किन्ने निर्णय गर्नुभएकोमा यहाँलाई अग्रिम बधाई तथा शुभकामना छ। नयाँ घर किन्नु र पुरानो किन्नुमा आ-आफ्नै फाइदा, बेफाइदा र सिमितताहरु छन्। तसर्थ तपाइको लागि आज के चै गर्दा उत्तम हुन्छ भन्ने निर्णय गर्नु पूर्व आफ्नो आबश्यकता, उद्देश्य र परिस्थितीलाइ नियाल्नुपर्ने हुन्छ। सामान्यतय आफु बस्नको लागि पहिलो नयाँ घर किन्दा अस्ट्रेलियन राज्य सरकारले केहि रकम ग्राण्ट स्वरुप उपलब्ध गराउने र जग्गा नामसारी गर्दा लाग्ने ट्रान्सफर ड्युटीमा छुट दिने भएको हुँदा नयाँ घर प्रतिको आकर्षण अल्लि बढी हुनु स्वाभाविक नै हो।
यो रकम र सुबिधा कति दिने र कस कसले पाउने भन्ने सम्बन्धि हरेक राज्य सरकारको आ-आफ्नै नीति भएको हुँदा विस्तृत जानकारीको लागि आफ्नो लोकल मोर्ट्गेज ब्रोकर अथवा सम्बन्धित राज्य सरकार निकायमा सम्पर्क गर्नु राम्रो हुन्छ। तर हामि यस लेखमा उदाहरणको लागि भने न्यु साउथ वेल्स राज्य लाइ आधार मानेर प्रस्तुत गर्दैछौं।
घर किन्नको लागि डिपोजिट कति चाहिन्छ?
उदाहरणको लागि यदि तपाईं इलिजिबल फस्ट होम बाएर हुनुहुन्छ भने $५५०,०००.०० को नयाँ घर तथा अपार्टमेन्ट किन्दा न्यु साउथ वेल्स राज्य सरकारले $१५,०००.०० फस्ट होम अनर ग्राण्ट र अधिकतम $२०,२४०.०० सम्म ट्रान्सफर स्टाम्प ड्युटी छुट दिने हुँदा जम्मा जम्मी $२७,५००.०० खल्तीमा भए घर किन्न सकिन्छ तर त्यहि मुल्यको पुरानो घर तथा अपार्टमेन्ट किन्दा कम्तिमा $६०,०००.०० चाहिने हुन्छ।
के हामि पनि त्यो ग्राण्टको लागि इलिजिबल छौं ?
यदि तपाइँ अस्ट्रेलियन परमानेन्ट रेसिडेण्ट अथवा सिटिजन हुनुहुन्छ, र भाडामा लाउनको लागि नभई आफैं बस्नको लागि पहिलो ब्रान्ड न्यु, अफ द प्लान घर किन्दै हुनुहुन्छ वा खाली जग्गा किनेर नयाँ घर निर्माण गर्दै हुनुहुन्छ र त्यसको मूल्य $७५०,०००.०० भन्दा कम छ भने न्यु साउथ वेल्स राज्य सरकारको फस्ट होम बेनिफ़िट स्कीम अन्तर्गत $१५,०००.०० प्राप्त गर्न सक्नुहुन्छ।
त्यसै गरि यदि तपाइँ फस्ट होम अनर ग्राण्ट्को लागि इलिजिबल हुनुहुन्छ र $५५०,०००.०० भन्दा कम मुल्यको घर किन्दै हुनुहुन्छ भने पुरै स्टाम्प ड्युटी छुट पाउनुहुञ्छ भने $५५०,०००.०० देखि $६५०,०००.०० सम्मको घर किन्दा स्टाम्प ड्युटीमा केहि रकम डिस्काउण्ट पाउन सकिन्छ। तर खालि जग्गा किनेर घर निर्माण गर्दै हुनुहुन्छ भने चाहिं $३५०,०००.०० भन्दा कम मुल्यको जग्गामा पुरै स्टाम्प ड्युटी छुट पाउनुहुञ्छ भने जग्गाको मूल्य $३५०,०००.०० देखि $४५०,०००.०० सम्म छ भने स्टाम्प ड्युटीमा केहि रकम डिस्काउण्ट पाउन सकिन्छ।
अब हेरौं, नयाँ घर किन्नुको अरु फाइदा र बेफाइदाहरु के के हुन सक्छन त!
१. भाबि ५,१० बर्षसम्म मेण्टेनेन्सको खासै चिन्ता गर्नु नपर्ने।
२. सामान्यतया नयाँ घर भन्नासाथ् अहिले बन्दै गरेको वा बनाउन शुरु गर्न लागेको हुने हुँदा सम्पूर्ण रुपमा बनेर सक्न ६ महिना देखि २, ३ बर्ष सम्म पनि लाग्न सक्ने हुँदा, घरको बजार मूल्य बढेर हुने फाइदा तथा मार्केट खस्किएको बेलामा मूल्य घट्न सक्ने जोखिम पनि हुन्छ।
३.घर बन्न लाग्ने अवधिमा बढ्न सक्ने मूल्य र आफुले गर्न सकिने अतिरिक्त बचतको कारणले लेण्डर्स मोर्ट्गेज इन्सुरेन्स घटाउन र हटाउन सकिन्छ।
४. डिभलपर ले भनेको समयमा घर निर्माण सम्पन्न गर्न नसकि विविध कारणवश अनाबश्यक अतिरिक्त समय लाग्न पनि सक्छ।
५. अफ द प्लान किनेको तर डिभलपर ले १,२ बर्ष सम्म पनि निर्माण शुरु नै गर्न नसकी विभिन्न कारणबश कनट्र्याक्ट क्यान्सिल गर्न पनि सक्छ।
६. डिभलपर टाट पल्टिएर हुन सक्ने जोखिम र झन्झट।
७. घरको निर्माण सकिने बखत केहि गरि आफ्नो परिस्थिति अथवा बाह्य परिस्थितिको कारणले गर्दा बैंकले ऋण नदिने अथवा चाहिने जति नदिने अवस्था साथै बजारमूल्य गिरेर बैंकको भ्यालुएसन कम आउन सक्ने अवस्थाको जोखिम।
अब हेरौं, पुरानो घर किन्नुको फाइदा र बेफाइदाहरु के के हुन सक्छन त!
१. धेरै समय कुर्नु नपर्ने, १,२ महिना भित्रैमा आफ्नै घरमा सर्न सकिने।
२. नयाँ घरको स्टक भन्दा मार्केटमा पुरानो घरको स्टक धेरै हुने हुँदा धेरै च्वाइस पाइने
३. पुरानो घरमा प्राय गार्डेनिङ्ग र पर्गोला जस्ता इम्प्रुभ्मेण्ट पहिले बस्नेले गरिसकेको हुने हुँदा अरु खर्च गर्नु नपर्ने।
४. बैंकको भ्यालुएसन गराएर बैंकले प्रबाह गर्ने ऋण शत प्रतिशत पक्का भएपछी मात्रै अघि बढेर १,२ महिनामा नै कारोबार फत्ते हुने हुँदा अफ द प्लान मा जस्तो खालको कुनै पनि अनिश्चितता नहुने।
५. धेरै पुरानो घरमा आफुले सोचे र देखे भन्दा धेरै मेण्टेनेन्सको आबश्यकता पर्न सक्ने
यसर्थ नयाँ घर किन्नलाई पैसा डिपोजिट गरेर कहिले बनेर सक्ला भनेर कुरेर बस्ने कि पुरानो घर किनेर १, २ महिनामै कामकुरो छिनोफानो गर्ने भन्ने हरेकको आ-आफ्नै आबश्यकता, परिस्थिति र उद्देश्यमा निर्भर गर्छ। निचोडमा मेरो आफ्नो व्यक्तिगत धारणा भन्नुपर्दा यदि तपाईं संग कम्तिमा ५% डिपोजिट, इन्सुरेन्स र स्टाम्प ड्युटी को लागि पुग्ने बचत अहिले नै छ, सरकारी ग्राण्टको त्यत्ति सार्हो लोभ छैन र नयाँ घरमै बस्ने भन्ने तिब्र इच्छा पनि छैन भने आजै पुरानै घर किनेर काम तमाम गरि सेटल हुनु उत्तम हुन सक्छ। यधपी यदि तपाईंसंग आजको दिनमा मात्र घरको मुल्यको ५% डिपोजिटलाइ पुग्ने जति मात्रै बचत छ, र आगामी दिनहरुमा अझै बचत गर्दैहुनुहुन्छ भने चाहिने सबै रकम जम्मा भइन्जेल कुरेर बस्नु भन्दा आजै ब्रान्ड न्यु अथवा अफ द प्लान को लागि ५% डिपोजिट गरेर बस्दा आजको मुल्यमा घर किन्न पनि पाइयो साथै सरकारी ग्राण्ट र छुट पनि हात पार्न सकिने भइयो।
प्रस्तुत लेख कसैको व्यक्तिगत परिस्थितिलाइ हेरी तयार पारिएको नभई समग्रमा सबैलाई मिल्ने किसिमको सामान्य र संक्षिपत जानकारी मात्र भएको हुँदा, विस्तृत जानकारी तथा आफ्नो परिस्थिती सुहाउँदो व्यक्तिगत परामर्शको लागि आफ्नो मोर्ट्गेज ब्रोकर अथवा लेखकलाइ सम्पर्क गर्न सक्नुहुन्छ।

Other Recent Posts

Request a Callback
April 2024
Mon
Tue
Wed
Thu
Fri
1
2
3
4
5
8
9
10
11
12
15
16
17
18
19
22
23
24
25
26
29
30
1
2
3

Please select a date and time suitable and one of our consultant will call you back.